Skip to main content

धानको स्वस्थ बीउ छान्ने विधि

 धानको बीउ राख्नु भयो ? धानको स्वस्थ बीउ छान्ने विधि:

===================================

१. एउटा बाल्टी वा बीउको परिमाणअनुसारको भाँडामा पानी भर्नुहोस् ( बीउ राख्दा नपोखिने जति)

२. त्यसमा एउटा नबिग्रेको कुखुराको अण्डा (बिग्रेको अण्डा शुद्द पानीमा तैरिन्छ) राख्नुहोस्।

३. पानीमा अब धुलो नुन राख्दै जानुहोस् र जबसम्म अण्डाको अाधा भाग जति नुनपानीमा तैरिँदैन, नुन थप्दै जानुहोस्। अण्डा तैरिएपछि भने नुन पुग्यो भन्ने बुझ्नुपर्दछ र अण्डालाई हटाउन सकिन्छ ।

४. अब उक्त नुनपानीमा धानको बीउ राखी (बीउ पानीको माथिल्लो सतहभन्दा १० से.मी. तल भएको राम्रो) मजाले चलाई २/३ मिनेट यतिकै छोडिदिनुहोस्।

५. उत्रिएका अस्वस्थ बीउहरूलाई हटाईदिनुहोस् र भाँडाको तल स्वस्थ बीउहरू थिग्रिनेछन्।

६. थिग्रिएका स्वस्थ बीउलाई तुरुन्तै शुद्द पानीमा २-३ पटक सफा गर्नुहोस् ( बीउलाई धेरैबेर नुनपानीमा राख्नु हुँदैन) र छायाँमा लगी सुकाउनुहोस्।

एकैपटकमा बीउ छान्न नसकिएको खण्डमा नुनपानीको घोल पटकपटक तयार गरिरहनु पर्दैन, एउटै घोल ५/६ पटकसम्म प्रयोग गर्न सकिन्छ।

यसरी नुनपानीमा उपचार गरिएको बीउको तोैल तैरिएकाकोभन्दा १५-२५ प्रतिशतले बढी उत्पादन दिन्छ भने रोगको आक्रमण पनि ४०-६० प्रतिशतले कम हुने पाईएको छ।




- बीउको उपचार:

बीउलाई मरुवा रोगबाट बचाउन प्रति किलो बीउमा २ देखि २.५ ग्राम बेभिष्टिन (Bavistin) वा थिराम( Thiram) वा डाइथेन (Dithane) वा सेरासन (Cerasan) नामक ढुसीनासक विषादी ल्याई बीउसँग मिसाई सबैतिर समान हुने गरी चलाउने र बीउलाई कम्तिमा १२ घण्टा, बढिमा ५ दिन राख्न सकिन्छ। त्यसपछि मात्र बीउलाई भिजाउने वा ढड्याउने गर्नुपर्दछ र २४-४८ घण्टासम्म ढड्याइएको बीउ राम्ररी अङ्कुरण हुनासाथ ब्याड राख्न सकिन्छ !



हरिचन्द्र सिंह 

कृषि स्नातक 

#कृशि #धान #बिउ_उपचार 

Comments

Popular posts from this blog

गड्यौले मलको परिचय, फाइदा तथा बनाउने तरिका

✍ लेखक: हरिचन्द्र सिंह कृषि प्रशिक्षक (Agriculture Instructor) नेपाल कृषि प्रधान देश हो, जहाँ कृषकको पसिना र माटोको मेल नै जीवनको आधार बनेको छ। पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उब्जनी शक्ति घट्दै गएको छ। यस्तो अवस्थामा, हाम्रो परम्परागत तर हरियाली विकल्पको रूपमा गड्यौले मल (Vermicompost) ले कृषिमा नयाँ आशा बोकेको छ। आजको लेखमा हामी गड्यौले मलको फाइदाहरू, यसको प्रयोग विधि, र नेपाली कृषकहरूले यसबाट कसरी फाइदा लिन सक्नेछन् भन्ने विषयमा चर्चा गर्नेछौं। गड्यौले मल के हो? गड्यौले मल भन्नाले गड्यौला (जस्तै Eisenia foetida) को मद्दतले जैविक अवशेष (घरको फोहर, गहुँको भूसी, गोरु गोबर आदि) लाई decomposed गरेर तयार पारिएको मल हो। यो मल शुद्ध जैविक हो र माटोको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दछ। गड्यौले मलको मुख्य फाइदाहरू 1. माटोको उब्जनी शक्ति बढाउँछ गड्यौले मलले माटोमा humus थप्दछ, जसले माटोलाई नरम, ढुसी रहित र सुशोभित बनाउँछ। यसले माटोको पानी र हावा सम्हाल्ने क्षमता बढाउँछ। 2. उत्तम पोषक तत्वको स्रोत यस मलमा नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्...

एस.ई.ई पछिको यात्रामा के गर्ने | What after SEE ?

  एसईईकोपछिको यात्रामा के गर्ने ? हामीमध्ये धेरैलाई एसईई सकिएपछि के गर्ने भन्ने कुरा सोचेर अलिक तनाव लाग्न सक्छ। यो तनाव स्वाभाविक हो, किनकि एसईई पछि सुरु हुन्छ भविष्य निर्माणको यात्रा। म पनि यही अवस्थाबाट गुज्रिएको एक विद्यार्थी हुँ — त्यसैले तपाईंलाई सहज बनाउने प्रयासमा यो ब्लग लेखेको छु। पढ्दै जाऊँ, निर्णय गर्न सजिलो हुन्छ। १. कुन विषय रोज्ने ? (Stream Option) नेपालमा SEE पछि अध्ययनका लागि निम्न विकल्पहरू छन्: ➤ Science (+2) मेडिकल, इन्जिनियरिङ, कृषि, IT, बायोटेक्नोलोजी जस्ता विषयमा भविष्य बनाउने सोच भएमा। ➡ मुख्य विषय: Physics, Chemistry, Biology/Maths ➤ Management बैंकिङ, व्यवसाय, होटल म्यानेजमेन्ट, मार्केटिङ लगायत क्षेत्रमा रुचि भएकालाई। ➡ मुख्य विषय: Account, Economics, Business Studies ➤ Humanities / Education / Law / Media सामाजिक सेवा, शिक्षण, कानून वा पत्रकारिता जस्ता क्षेत्रमा भविष्य बनाउने सोच भएकाहरूका लागि। ➤ CTEVT / Diploma Programs छिटो रोजगारी चाहनेहरूका लागि—जस्तै: ANM, CMA, Diploma in Engineering, Veterinary, Agriculture आदि। ➡ खासगरी प्रविधिक विष...

Biography of Harichandra Singh

  Harichandra Singh Agriculture Instructor | Agri-Content Creator | Sustainable Farming Advocate 📍 Khaptadchhanna Rural Municipality-02, Bajhang, Nepal 📧 harichandrasingh222@gmail.com | 📞 +977 9840213344 Background & Introduction I am Harichandra Singh, a passionate agricultural professional from Bajhang, Nepal, dedicated to promoting sustainable farming practices, education, and farmer empowerment. Growing up in a rural farming community, I witnessed firsthand the challenges faced by farmers, which inspired my academic journey and career in agriculture. I believe in the power of knowledge-sharing, and I actively work to bridge the gap between science and the soil. Through teaching and content creation, I aim to empower both aspiring agri-professionals and grassroots farmers. 🎓 Education I hold a Bachelor of Science in Agriculture (B.Sc. Ag. Hons.) , with a strong foundation in crop science, extension education, and agribusiness. My education was enriched with f...