Skip to main content

बागवानी ब्यवसायमा नर्सरी ब्यवस्थापन

 बागवानी ब्यवसायमा नर्सरी ब्यवस्थापन


परिचय:-
बागवानी व्यवसायमा नर्सरी व्यवस्थापन ज्यादै महत्वपूर्ण र संवेदनशील कार्य हो। नर्सरी गर्नुको मुख्य उद्धेस्य भनेको स्वस्थ र शुद्ध जातको वेर्ना, विरुवा उत्पादन गर्नु नै हो। वाली उत्पादनका लागि सर्व प्रथम नर्सरीमा स-साना वेर्ना, विरुवा तयार गरिन्छ र तिनलाई खास फिल्ड वा वगैंचामा सारेर उत्पादन लिने हो । सानासाना बोटलाई विशेष स्याहार सम्भार गरी हुर्काउने ठाउँलाई नै नर्सरी भनिन्छ । यो ज्यादै प्राविधिक विषय भएकोले वागवानी कार्य शुरु गर्नु अगाडि यसबारे जानकारी लिन जरुरी हुन्छ । आफूले लिन खोजेको वाली/उत्पादनको जात लगाई सकेपछि फेरि सुधार गर्न, फेर्न गाह्रो हुने भएकोले आरम्भ नै जानकारी भएमा व्यवसाय सफल हुने सम्भावना निकै हुन्छ ।


नर्सरीका लागि जग्गाको छनौट:-
  • सूर्यको प्रकाश राम्ररी पर्ने, पानी नजम्ने जमिन हुनु पर्दछ ।
  • घरको नजिक र सिंचाइ सुविधायुक्त ठाउँमा हुनु पर्दछ ।
  • नर्सरी वारवन्देजले सुसज्जित हुनु पर्दछ ।
  • माटो दुमट र मलिलो भएमा अझ राम्रो हुन्छ ।

बीउ उपचार:-

नर्सरीमा बीउ खसाल्नु एक-दुई दिन अगाडि बीउ उपचार गर्नु अति आवश्यक हुन्छ। बीउ उपचार नगरी नर्सरीमा बेर्ना उत्पादन गर्दा बेर्ना कुहिने रोगबाट निकै क्षति हुन सक्दछ। वेर्ना कुहिने रोगबाट बचाउन बीउ उपचारका साथै माटोसमेत निर्मलीकरण गर्नु आवश्यक हुन्छ। वेर्ना कुहिने रोगबाट बेर्ना बचाउन व्याडमा बढी चिस्यान हुन दिनु हुँदैन र वेर्ना बाक्लो हुन नदिन बीउ पातलो गरी खसाल्ने र बाक्ला विरुवा वेडाउनु पर्दछ। बीउ उपचार क्याप्टान, वेभिस्टिन वा थिराम २.० ग्राम प्रति के.जी. बीउमा राम्ररी मिसाइ गर्नु पर्दछ। हाल बजारमा उपलब्ध ऱ्याक्सिल (Raxil) ०.५-१.० ग्राम प्रति के. जी. बीउमा राम्ररी मिसाएर पनि बीउ उपचार गर्न सकिन्छ ।

नर्सरीका लागि माटो निर्मलीकरण:-

वेर्ना कुहिने रोग तरकारी खेतीका लागि प्रमुख वाधकको रूपमा लिइन्छ । त्यसकारण नर्सरी व्याड को क्षेत्रलाई ढुसीहरू (Pythium, Fusarium, Rhizoctonia) आदि र जरामा गाँठा बनाउने निमाटोडबाट मूक्त गर्न नर्सरीको माटो निर्मलीकरण गर्न अति आवश्यक हुन्छ । नर्सरीको माटो निर्मलीकरणका अति उपयोगी दुई विधि तल उल्लेख भए बमोजिम गर्न सकिन्छ ।

१. सोलराइजेसन (सौर्य शक्तिबाट माटो उपचार):-
उच्च तापक्रम हुने समयमा (साधरणतया नेपालको सन्दर्भमा फागुनदेखि कात्तिकसम्म) नर्सरी व्याडको क्षेत्रलाई ३/४ पटक जोती कम्पोस्ट मलसमेत प्रयोग गरी नर्सरी क्षेत्रलाई २०० देखि ३०० गेजसम्मको पारदर्शी प्लाष्टिकले हावा नखेल्ने गरी टम्म ढाकी माटोको उपचार गरिन्छ । कम्तीमा एक महिनासम्म नर्सरीलाई छोप्नु पर्दछ र प्लाष्टिकले छोप्नु अगाडि नर्सरीमा प्रयाप्त चिस्यान हुनु जरूरी हुन्छ। वेलावेलामा प्लाष्टिक च्यातिएको त छैन भनि ख्याल गर्नु पर्ने हुन्छ। प्लाष्टिक च्यातिए सौर्य शक्तिले काम गर्दैन। नेपालको सन्दर्भमा मंसिर, पौष, माघ चिसो हुनाले यो विधि त्यति प्रभावकारी नहुन सक्छ ।
Fig:- Soil Solarization Techniques


२. नर्सरी बनाउने क्षेत्रमा एकदेखि डेढ फीट जति अग्लो हुने गरी सुकेको घाँसपात स्याउला फिंजाइ डढाउने, जसले गर्दा माटो तात्दछ र माटोमा रहेका हानीकारक जीवाणुहरू नष्ट हुन्छन् ।

३.फर्मालिनबाट माटो उपचारः नर्सरी बनाउने क्षेत्रलाई कम्पोस्ट मल मिसाएर खनजोत गरी माटो बुर्बुराउदो बनाएपछि बजारमा पाइने ४० प्रतिशतको फर्मालिन झोल २५ एम.एल. प्रतिलिटर पानीमा मिसाइ २ लिटर प्रतिवर्ग मिटरका दरले व्याड भिजाउने र पातलो प्लाष्टिक सिटले ७२ घण्टा सम्म हावा नछिर्ने गरी छोपी दिने। वेला वेला मा प्लाष्टिक च्यातिएको त छैन भनि ख्याल गनु पर्ने हुन्छ । प्लाष्टिक च्यातिए विधि त्यति प्रभावकारी हुँदैन। वीउ छर्नु एकदिन अगावै प्लाष्टिक सिट हटाइ फर्मालिनको गन्ध हटेपछि बीउ छर्न सकिन्छ ।

नर्सरी व्यवस्थापन:-

नर्सरीको लागि मलिलो, प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे वा दोमट माटो, सिंचाइ र निकास राम्रो प्रबन्ध भएको र पहारिलो ठाउँको छनौट गर्नु पर्दछ। सम्भव भए नयाँ माटोमा नर्सरी व्याड बनाउनु राम्रो हुन्छ ।
व्याडको लागि छनौट गरेको जमिन २० से.मि. सम्म गहिरो हुने गरी खनजोत गर्नु पर्दछ ।
बीउ जमाउनुभन्दा १०/१२ दिन पहिले प्रति वर्ग मिटर ५ किलोका दरले पाकेको गोवरमल राखेर आवश्यक खनजोत गरी व्याडलाई झारपातरहित मसिनो र वुर्बुराउदो पार्नु पर्दछ। यदि नर्सरी बनाउने क्षेत्र कम मलिलो छ भने मात्र पाँचपाँच ग्रामका दरले युरिया, डि.ए.पि. र पोटास मल प्रति वर्गमिटरका दरले प्रयोग गर्न सकिन्छ। बेर्ना हुर्किन लाग्दा (१०-१५ दिनपछि) एक भाग पशु/मानव मूत्र चार भाग पानीमा मिसाइ प्रयोग गर्न सकिन्छ ।

बीउ व्यवस्थापन:-

नर्सरी व्यवसाय र भनौं आशातीत कृषि उत्पादन का लागि बीउ अत्यन्त महत्वपूर्ण कृषि सामग्री हो। वीउ शुद्ध र राम्रो उमारशक्ति भएको हुनु पर्दछ।
स्थान र मौसमअनुसार जातको छनौट गर्नु पर्दछ ।
जातहरू फल्न लाग्ने दिनका हिसावले अगौटे पछौटे हुन्छन् । गोलभेंडामा लामो समय फूलदै फल्दै जाने (Indeterminate) एकै छिमल मात्र फाल्ने (Determinate) हुन्छन। कुन जातको वीउ आफ्नो क्षेत्रमा कुन मौसममा लगाउँदा राम्रो उत्पादन लिन सकिन्छ भन्ने जानकारी आफ्नो क्षेत्रमा भएका कृषि प्राविधिक कृषि फार्म, अनुसन्धान केन्द्र वाट लिन सकिन्छ।
आफ्नो क्षेत्रमा पहिलेवाट नै त्यो वालीको खेती गरिरहेका कृषकहरू भएमा झन व्यवहारिक ज्ञान पाउने सम्भवना हुन्छ र धेरै कुरा जानकारी लिन सकिन्छ । बीउ जमाइ सकेपछि नर्सरीलाई पराल, सुकेको घाँस पात वा जुटको पातलो बोराको छापो दिइ माथिवाट हजारीले नर्सरी व्याड ठिक्क भिज्ने गरी पानी दिनु पर्दछ। वीउ उम्रन शुरु गरेपछि वेलुकीपख छापो हटाइ दिनु पर्दछ ।

नर्सरीका किसिम:-

1. उठेको व्याड:-

जेठदेखि असोज महिनासम्म जमिनको सतहबाट २०/२५ उठेका नर्सरी बनाइ बीउ राख्नु पर्दछ । एक भन्दा बढी व्याड बनाउनु परेमा दुई व्याडको बीचमा एक फिटजति खाली राखेमा गुम्बोज बनाउन सजिलो हुन्छ ।


2. दवेको ब्याड:-
कात्तिकदेखि वैशाख महिनासम्म नर्सरी वरिपरी जमिनमा आली/डिल/मेडी उठाइ दवेका प्याज लगाउने क्यारीजस्ता नर्सरी बनाइ बीउ खसाल्नु उपयुक्त हुन्छ । एकभन्दा बढी व्याड बनाउनु परेमा दुई व्याडको बीचमा एक फिटजतिकै डिल बनाउँदा बनाउन सजिलो हुन्छ ।

3. सतही ब्याड/ समतल ब्याड:- 
यश किसिमको ब्याड पानी नजम्ने तथा राम्रो निकास भयको र माटोमा चिस्यान र तापक्रम सानान्य छ भने यो वधि  अपनाइन्छ ।


4. बाकस, प्लाष्टिक थैलीमा बेनां उत्पादन:-
प्रतिकूल मौसम, महङ्गा बीउ,ढुवानी सजिलाका लागि यो विधि अपनाइन्छ । यस विधिमा दुई भाग माटो, एक भाग राम्ररी कुहिएको कम्पोस्ट र एक भाग वालुवाको मिश्रणलाई राम्ररी मसिनो बनाउनु पर्दछ । यसरी तयार गरिएको मिश्रण बाकस वा प्लाष्टिक थैलीमा भरि बीउ रोपिन्छ ।



5. कोकोपिट वा पिटमसमा बेर्ना उत्पादन गर्ने तरिका:-
हालका दिनमा व्यावसायिक तरकारी खेतीमा माटोको नर्सरी व्याडमा बेर्ना उत्पादन नगरी कोकोपिट वा पिटमसमा वेनां उत्पादन गर्ने आधुनिक तरिका बढी लोकप्रिय हुँदै गएको छ । कोकोपिट वजारमा १ के. जी. देखि ५ के.जी. सम्मको चाकोमा पाइन्छ । राम्रो १ के. जी. कोकोपिट एउटा वाटामा राखी ३ लिटर पानीमा भिजाउने र मसिनो चिस्यान भएको धुलो बनाउनु पर्दछ । यसै कोकोपिटमा १ के. जी. गड्‌यौले मल राखेमा विरुवा बलियो, मोटो र राम्रो हुन्छ । 
Fig:- plastic tray nursery using cocopit

पिटमस भने बेर्नाको तयारी खानेकुरा हो। यसमा केही पनि मिसाउन पर्दैन । हावा र घामवाट यसमा भएको चिसो पना सुक्न भने दिन हुँदैन। एक के. जी. कोकोपिटबाट ५ वटा १०८ प्वाल भएको प्लाष्टिक ट्रे भर्न सकिन्छ भने १ व्याग पिटमसवाट १०८ प्वाल भएको ३० वटा प्लाष्टिक ट्रे भरी लगभग ३००० वोट वेर्ना उत्पादन गर्न सकिन्छ। राम्रोसँग धुलो बनाएको कोकोपिटमा ५ के. जी. धुलो वरावर १ के. जी. गड्यौला मल मिसाएर मिश्रण तयार गनुपर्दछ । पिटमसमा भए सिधै पाकेट खोली प्लाष्टिक ट्रेमा हलुकासँग भर्ने र अर्को नभरिएको प्लाष्टिक ट्रे बरावरी पारी खप्टने र माथिवाट हातले थिच्ने । यसो गर्दा तल्लो ट्रेमा सबै एकनासको प्वाल परेको देखिन्छ । यसरी ट्रे खप्टेर थिची पारेको प्वालमा क्रमशः एकएक दाना वीउ खसाली माथिवाट हलुकासँग कोकोपिट वा पिटमसको धुलोले छोप्ने र हलुकासँग स्प्रे वा मसिनो प्वाल भएको हजारीले नवग्ने गरी पानी दिने ।


फलफूलमा नर्सरी व्यवस्थापन
फलफूलमा सवै फलफूल खेती गर्ने किसानले नर्सरी गरी बेना बनाउन जरुरी हुँदैन । विश्वासिलो स्रोतबाट विरुवा ल्याइ खेती गर्न सकिन्छ। नर्सरी धनीले मात्र विरुवा बनाइ एक व्यवसायका रूपमा संचालन गर्न सक्छन् । नर्सरीको लागि अगाडि तरकारीमा उल्लेख भए बमोजिमकै जग्गा छनौट गर्दा हुन्छ ।
फलफूलमा विरुवा दुई/तीन तरिकावाट तयार गरिन्छ। मेवा, रुखकटहर, एभोकाडो, मेकाडामियानट र प्राय रुटस्टकहरू उत्पादन गर्न वीउवाट विरुवा तयार गरिन्छ। केरा भुइँकटहर, स्ट्रबेरीजस्ता फलफूलमा गाँजसँगै आएका सकर, स्लिप, रनर आदिबाट विरुवा तयार गर्न सकिन्छ। आँप, सुन्तला, जुनार, कागती, स्याउ, ओखर, नास्पति, आरु, आरुवखडा आदिलाई कलमी (ग्राफटिङ्ग गरिन्छ। लिची र अम्बामा गुटीगरेर विरुवा तयार गरिन्छ। अगर, अनार आदिजस्ता फलफूलमा कटिङ्ग विधिवाट विरुवा तयार गरिन्छ र कलमी (ग्राफटिङ्ग गर्नका लागि रुटस्टक र सायनको आवश्यकता पर्दछ ।


      - हरिचन्द्र सिंह
(कृषी स्नातक विद्यार्थी )

Comments

Post a Comment

Popular posts from this blog

गड्यौले मलको परिचय, फाइदा तथा बनाउने तरिका

✍ लेखक: हरिचन्द्र सिंह कृषि प्रशिक्षक (Agriculture Instructor) नेपाल कृषि प्रधान देश हो, जहाँ कृषकको पसिना र माटोको मेल नै जीवनको आधार बनेको छ। पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उब्जनी शक्ति घट्दै गएको छ। यस्तो अवस्थामा, हाम्रो परम्परागत तर हरियाली विकल्पको रूपमा गड्यौले मल (Vermicompost) ले कृषिमा नयाँ आशा बोकेको छ। आजको लेखमा हामी गड्यौले मलको फाइदाहरू, यसको प्रयोग विधि, र नेपाली कृषकहरूले यसबाट कसरी फाइदा लिन सक्नेछन् भन्ने विषयमा चर्चा गर्नेछौं। गड्यौले मल के हो? गड्यौले मल भन्नाले गड्यौला (जस्तै Eisenia foetida) को मद्दतले जैविक अवशेष (घरको फोहर, गहुँको भूसी, गोरु गोबर आदि) लाई decomposed गरेर तयार पारिएको मल हो। यो मल शुद्ध जैविक हो र माटोको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दछ। गड्यौले मलको मुख्य फाइदाहरू 1. माटोको उब्जनी शक्ति बढाउँछ गड्यौले मलले माटोमा humus थप्दछ, जसले माटोलाई नरम, ढुसी रहित र सुशोभित बनाउँछ। यसले माटोको पानी र हावा सम्हाल्ने क्षमता बढाउँछ। 2. उत्तम पोषक तत्वको स्रोत यस मलमा नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्...

एस.ई.ई पछिको यात्रामा के गर्ने | What after SEE ?

  एसईईकोपछिको यात्रामा के गर्ने ? हामीमध्ये धेरैलाई एसईई सकिएपछि के गर्ने भन्ने कुरा सोचेर अलिक तनाव लाग्न सक्छ। यो तनाव स्वाभाविक हो, किनकि एसईई पछि सुरु हुन्छ भविष्य निर्माणको यात्रा। म पनि यही अवस्थाबाट गुज्रिएको एक विद्यार्थी हुँ — त्यसैले तपाईंलाई सहज बनाउने प्रयासमा यो ब्लग लेखेको छु। पढ्दै जाऊँ, निर्णय गर्न सजिलो हुन्छ। १. कुन विषय रोज्ने ? (Stream Option) नेपालमा SEE पछि अध्ययनका लागि निम्न विकल्पहरू छन्: ➤ Science (+2) मेडिकल, इन्जिनियरिङ, कृषि, IT, बायोटेक्नोलोजी जस्ता विषयमा भविष्य बनाउने सोच भएमा। ➡ मुख्य विषय: Physics, Chemistry, Biology/Maths ➤ Management बैंकिङ, व्यवसाय, होटल म्यानेजमेन्ट, मार्केटिङ लगायत क्षेत्रमा रुचि भएकालाई। ➡ मुख्य विषय: Account, Economics, Business Studies ➤ Humanities / Education / Law / Media सामाजिक सेवा, शिक्षण, कानून वा पत्रकारिता जस्ता क्षेत्रमा भविष्य बनाउने सोच भएकाहरूका लागि। ➤ CTEVT / Diploma Programs छिटो रोजगारी चाहनेहरूका लागि—जस्तै: ANM, CMA, Diploma in Engineering, Veterinary, Agriculture आदि। ➡ खासगरी प्रविधिक विष...

Biography of Harichandra Singh

  Harichandra Singh Agriculture Instructor | Agri-Content Creator | Sustainable Farming Advocate 📍 Khaptadchhanna Rural Municipality-02, Bajhang, Nepal 📧 harichandrasingh222@gmail.com | 📞 +977 9840213344 Background & Introduction I am Harichandra Singh, a passionate agricultural professional from Bajhang, Nepal, dedicated to promoting sustainable farming practices, education, and farmer empowerment. Growing up in a rural farming community, I witnessed firsthand the challenges faced by farmers, which inspired my academic journey and career in agriculture. I believe in the power of knowledge-sharing, and I actively work to bridge the gap between science and the soil. Through teaching and content creation, I aim to empower both aspiring agri-professionals and grassroots farmers. 🎓 Education I hold a Bachelor of Science in Agriculture (B.Sc. Ag. Hons.) , with a strong foundation in crop science, extension education, and agribusiness. My education was enriched with f...