बागवानी ब्यवसायमा नर्सरी ब्यवस्थापन
परिचय:-
बागवानी व्यवसायमा नर्सरी व्यवस्थापन ज्यादै महत्वपूर्ण र संवेदनशील कार्य हो। नर्सरी गर्नुको मुख्य उद्धेस्य भनेको स्वस्थ र शुद्ध जातको वेर्ना, विरुवा उत्पादन गर्नु नै हो। वाली उत्पादनका लागि सर्व प्रथम नर्सरीमा स-साना वेर्ना, विरुवा तयार गरिन्छ र तिनलाई खास फिल्ड वा वगैंचामा सारेर उत्पादन लिने हो । सानासाना बोटलाई विशेष स्याहार सम्भार गरी हुर्काउने ठाउँलाई नै नर्सरी भनिन्छ । यो ज्यादै प्राविधिक विषय भएकोले वागवानी कार्य शुरु गर्नु अगाडि यसबारे जानकारी लिन जरुरी हुन्छ । आफूले लिन खोजेको वाली/उत्पादनको जात लगाई सकेपछि फेरि सुधार गर्न, फेर्न गाह्रो हुने भएकोले आरम्भ नै जानकारी भएमा व्यवसाय सफल हुने सम्भावना निकै हुन्छ ।
नर्सरीका लागि जग्गाको छनौट:-
- सूर्यको प्रकाश राम्ररी पर्ने, पानी नजम्ने जमिन हुनु पर्दछ ।
- घरको नजिक र सिंचाइ सुविधायुक्त ठाउँमा हुनु पर्दछ ।
- नर्सरी वारवन्देजले सुसज्जित हुनु पर्दछ ।
- माटो दुमट र मलिलो भएमा अझ राम्रो हुन्छ ।
बीउ उपचार:-
नर्सरीमा बीउ खसाल्नु एक-दुई दिन अगाडि बीउ उपचार गर्नु अति आवश्यक हुन्छ। बीउ उपचार नगरी नर्सरीमा बेर्ना उत्पादन गर्दा बेर्ना कुहिने रोगबाट निकै क्षति हुन सक्दछ। वेर्ना कुहिने रोगबाट बचाउन बीउ उपचारका साथै माटोसमेत निर्मलीकरण गर्नु आवश्यक हुन्छ। वेर्ना कुहिने रोगबाट बेर्ना बचाउन व्याडमा बढी चिस्यान हुन दिनु हुँदैन र वेर्ना बाक्लो हुन नदिन बीउ पातलो गरी खसाल्ने र बाक्ला विरुवा वेडाउनु पर्दछ। बीउ उपचार क्याप्टान, वेभिस्टिन वा थिराम २.० ग्राम प्रति के.जी. बीउमा राम्ररी मिसाइ गर्नु पर्दछ। हाल बजारमा उपलब्ध ऱ्याक्सिल (Raxil) ०.५-१.० ग्राम प्रति के. जी. बीउमा राम्ररी मिसाएर पनि बीउ उपचार गर्न सकिन्छ ।
वेर्ना कुहिने रोग तरकारी खेतीका लागि प्रमुख वाधकको रूपमा लिइन्छ । त्यसकारण नर्सरी व्याड को क्षेत्रलाई ढुसीहरू (Pythium, Fusarium, Rhizoctonia) आदि र जरामा गाँठा बनाउने निमाटोडबाट मूक्त गर्न नर्सरीको माटो निर्मलीकरण गर्न अति आवश्यक हुन्छ । नर्सरीको माटो निर्मलीकरणका अति उपयोगी दुई विधि तल उल्लेख भए बमोजिम गर्न सकिन्छ ।
१. सोलराइजेसन (सौर्य शक्तिबाट माटो उपचार):-
उच्च तापक्रम हुने समयमा (साधरणतया नेपालको सन्दर्भमा फागुनदेखि कात्तिकसम्म) नर्सरी व्याडको क्षेत्रलाई ३/४ पटक जोती कम्पोस्ट मलसमेत प्रयोग गरी नर्सरी क्षेत्रलाई २०० देखि ३०० गेजसम्मको पारदर्शी प्लाष्टिकले हावा नखेल्ने गरी टम्म ढाकी माटोको उपचार गरिन्छ । कम्तीमा एक महिनासम्म नर्सरीलाई छोप्नु पर्दछ र प्लाष्टिकले छोप्नु अगाडि नर्सरीमा प्रयाप्त चिस्यान हुनु जरूरी हुन्छ। वेलावेलामा प्लाष्टिक च्यातिएको त छैन भनि ख्याल गर्नु पर्ने हुन्छ। प्लाष्टिक च्यातिए सौर्य शक्तिले काम गर्दैन। नेपालको सन्दर्भमा मंसिर, पौष, माघ चिसो हुनाले यो विधि त्यति प्रभावकारी नहुन सक्छ ।
Fig:- Soil Solarization Techniques
२. नर्सरी बनाउने क्षेत्रमा एकदेखि डेढ फीट जति अग्लो हुने गरी सुकेको घाँसपात स्याउला फिंजाइ डढाउने, जसले गर्दा माटो तात्दछ र माटोमा रहेका हानीकारक जीवाणुहरू नष्ट हुन्छन् ।
३.फर्मालिनबाट माटो उपचारः नर्सरी बनाउने क्षेत्रलाई कम्पोस्ट मल मिसाएर खनजोत गरी माटो बुर्बुराउदो बनाएपछि बजारमा पाइने ४० प्रतिशतको फर्मालिन झोल २५ एम.एल. प्रतिलिटर पानीमा मिसाइ २ लिटर प्रतिवर्ग मिटरका दरले व्याड भिजाउने र पातलो प्लाष्टिक सिटले ७२ घण्टा सम्म हावा नछिर्ने गरी छोपी दिने। वेला वेला मा प्लाष्टिक च्यातिएको त छैन भनि ख्याल गनु पर्ने हुन्छ । प्लाष्टिक च्यातिए विधि त्यति प्रभावकारी हुँदैन। वीउ छर्नु एकदिन अगावै प्लाष्टिक सिट हटाइ फर्मालिनको गन्ध हटेपछि बीउ छर्न सकिन्छ ।
नर्सरी व्यवस्थापन:-
व्याडको लागि छनौट गरेको जमिन २० से.मि. सम्म गहिरो हुने गरी खनजोत गर्नु पर्दछ ।
बीउ जमाउनुभन्दा १०/१२ दिन पहिले प्रति वर्ग मिटर ५ किलोका दरले पाकेको गोवरमल राखेर आवश्यक खनजोत गरी व्याडलाई झारपातरहित मसिनो र वुर्बुराउदो पार्नु पर्दछ। यदि नर्सरी बनाउने क्षेत्र कम मलिलो छ भने मात्र पाँचपाँच ग्रामका दरले युरिया, डि.ए.पि. र पोटास मल प्रति वर्गमिटरका दरले प्रयोग गर्न सकिन्छ। बेर्ना हुर्किन लाग्दा (१०-१५ दिनपछि) एक भाग पशु/मानव मूत्र चार भाग पानीमा मिसाइ प्रयोग गर्न सकिन्छ ।
बीउ व्यवस्थापन:-
नर्सरी व्यवसाय र भनौं आशातीत कृषि उत्पादन का लागि बीउ अत्यन्त महत्वपूर्ण कृषि सामग्री हो। वीउ शुद्ध र राम्रो उमारशक्ति भएको हुनु पर्दछ।
स्थान र मौसमअनुसार जातको छनौट गर्नु पर्दछ ।
जातहरू फल्न लाग्ने दिनका हिसावले अगौटे पछौटे हुन्छन् । गोलभेंडामा लामो समय फूलदै फल्दै जाने (Indeterminate) एकै छिमल मात्र फाल्ने (Determinate) हुन्छन। कुन जातको वीउ आफ्नो क्षेत्रमा कुन मौसममा लगाउँदा राम्रो उत्पादन लिन सकिन्छ भन्ने जानकारी आफ्नो क्षेत्रमा भएका कृषि प्राविधिक कृषि फार्म, अनुसन्धान केन्द्र वाट लिन सकिन्छ।
आफ्नो क्षेत्रमा पहिलेवाट नै त्यो वालीको खेती गरिरहेका कृषकहरू भएमा झन व्यवहारिक ज्ञान पाउने सम्भवना हुन्छ र धेरै कुरा जानकारी लिन सकिन्छ । बीउ जमाइ सकेपछि नर्सरीलाई पराल, सुकेको घाँस पात वा जुटको पातलो बोराको छापो दिइ माथिवाट हजारीले नर्सरी व्याड ठिक्क भिज्ने गरी पानी दिनु पर्दछ। वीउ उम्रन शुरु गरेपछि वेलुकीपख छापो हटाइ दिनु पर्दछ ।
1. उठेको व्याड:-
जेठदेखि असोज महिनासम्म जमिनको सतहबाट २०/२५ उठेका नर्सरी बनाइ बीउ राख्नु पर्दछ । एक भन्दा बढी व्याड बनाउनु परेमा दुई व्याडको बीचमा एक फिटजति खाली राखेमा गुम्बोज बनाउन सजिलो हुन्छ ।
2. दवेको ब्याड:-
कात्तिकदेखि वैशाख महिनासम्म नर्सरी वरिपरी जमिनमा आली/डिल/मेडी उठाइ दवेका प्याज लगाउने क्यारीजस्ता नर्सरी बनाइ बीउ खसाल्नु उपयुक्त हुन्छ । एकभन्दा बढी व्याड बनाउनु परेमा दुई व्याडको बीचमा एक फिटजतिकै डिल बनाउँदा बनाउन सजिलो हुन्छ ।
3. सतही ब्याड/ समतल ब्याड:-
यश किसिमको ब्याड पानी नजम्ने तथा राम्रो निकास भयको र माटोमा चिस्यान र तापक्रम सानान्य छ भने यो वधि अपनाइन्छ ।4. बाकस, प्लाष्टिक थैलीमा बेनां उत्पादन:-
प्रतिकूल मौसम, महङ्गा बीउ,ढुवानी सजिलाका लागि यो विधि अपनाइन्छ । यस विधिमा दुई भाग माटो, एक भाग राम्ररी कुहिएको कम्पोस्ट र एक भाग वालुवाको मिश्रणलाई राम्ररी मसिनो बनाउनु पर्दछ । यसरी तयार गरिएको मिश्रण बाकस वा प्लाष्टिक थैलीमा भरि बीउ रोपिन्छ ।
5. कोकोपिट वा पिटमसमा बेर्ना उत्पादन गर्ने तरिका:-
हालका दिनमा व्यावसायिक तरकारी खेतीमा माटोको नर्सरी व्याडमा बेर्ना उत्पादन नगरी कोकोपिट वा पिटमसमा वेनां उत्पादन गर्ने आधुनिक तरिका बढी लोकप्रिय हुँदै गएको छ । कोकोपिट वजारमा १ के. जी. देखि ५ के.जी. सम्मको चाकोमा पाइन्छ । राम्रो १ के. जी. कोकोपिट एउटा वाटामा राखी ३ लिटर पानीमा भिजाउने र मसिनो चिस्यान भएको धुलो बनाउनु पर्दछ । यसै कोकोपिटमा १ के. जी. गड्यौले मल राखेमा विरुवा बलियो, मोटो र राम्रो हुन्छ ।
Fig:- plastic tray nursery using cocopit
पिटमस भने बेर्नाको तयारी खानेकुरा हो। यसमा केही पनि मिसाउन पर्दैन । हावा र घामवाट यसमा भएको चिसो पना सुक्न भने दिन हुँदैन। एक के. जी. कोकोपिटबाट ५ वटा १०८ प्वाल भएको प्लाष्टिक ट्रे भर्न सकिन्छ भने १ व्याग पिटमसवाट १०८ प्वाल भएको ३० वटा प्लाष्टिक ट्रे भरी लगभग ३००० वोट वेर्ना उत्पादन गर्न सकिन्छ। राम्रोसँग धुलो बनाएको कोकोपिटमा ५ के. जी. धुलो वरावर १ के. जी. गड्यौला मल मिसाएर मिश्रण तयार गनुपर्दछ । पिटमसमा भए सिधै पाकेट खोली प्लाष्टिक ट्रेमा हलुकासँग भर्ने र अर्को नभरिएको प्लाष्टिक ट्रे बरावरी पारी खप्टने र माथिवाट हातले थिच्ने । यसो गर्दा तल्लो ट्रेमा सबै एकनासको प्वाल परेको देखिन्छ । यसरी ट्रे खप्टेर थिची पारेको प्वालमा क्रमशः एकएक दाना वीउ खसाली माथिवाट हलुकासँग कोकोपिट वा पिटमसको धुलोले छोप्ने र हलुकासँग स्प्रे वा मसिनो प्वाल भएको हजारीले नवग्ने गरी पानी दिने ।
फलफूलमा नर्सरी व्यवस्थापन
फलफूलमा सवै फलफूल खेती गर्ने किसानले नर्सरी गरी बेना बनाउन जरुरी हुँदैन । विश्वासिलो स्रोतबाट विरुवा ल्याइ खेती गर्न सकिन्छ। नर्सरी धनीले मात्र विरुवा बनाइ एक व्यवसायका रूपमा संचालन गर्न सक्छन् । नर्सरीको लागि अगाडि तरकारीमा उल्लेख भए बमोजिमकै जग्गा छनौट गर्दा हुन्छ ।
फलफूलमा विरुवा दुई/तीन तरिकावाट तयार गरिन्छ। मेवा, रुखकटहर, एभोकाडो, मेकाडामियानट र प्राय रुटस्टकहरू उत्पादन गर्न वीउवाट विरुवा तयार गरिन्छ। केरा भुइँकटहर, स्ट्रबेरीजस्ता फलफूलमा गाँजसँगै आएका सकर, स्लिप, रनर आदिबाट विरुवा तयार गर्न सकिन्छ। आँप, सुन्तला, जुनार, कागती, स्याउ, ओखर, नास्पति, आरु, आरुवखडा आदिलाई कलमी (ग्राफटिङ्ग गरिन्छ। लिची र अम्बामा गुटीगरेर विरुवा तयार गरिन्छ। अगर, अनार आदिजस्ता फलफूलमा कटिङ्ग विधिवाट विरुवा तयार गरिन्छ र कलमी (ग्राफटिङ्ग गर्नका लागि रुटस्टक र सायनको आवश्यकता पर्दछ ।
फलफूलमा विरुवा दुई/तीन तरिकावाट तयार गरिन्छ। मेवा, रुखकटहर, एभोकाडो, मेकाडामियानट र प्राय रुटस्टकहरू उत्पादन गर्न वीउवाट विरुवा तयार गरिन्छ। केरा भुइँकटहर, स्ट्रबेरीजस्ता फलफूलमा गाँजसँगै आएका सकर, स्लिप, रनर आदिबाट विरुवा तयार गर्न सकिन्छ। आँप, सुन्तला, जुनार, कागती, स्याउ, ओखर, नास्पति, आरु, आरुवखडा आदिलाई कलमी (ग्राफटिङ्ग गरिन्छ। लिची र अम्बामा गुटीगरेर विरुवा तयार गरिन्छ। अगर, अनार आदिजस्ता फलफूलमा कटिङ्ग विधिवाट विरुवा तयार गरिन्छ र कलमी (ग्राफटिङ्ग गर्नका लागि रुटस्टक र सायनको आवश्यकता पर्दछ ।
- हरिचन्द्र सिंह
(कृषी स्नातक विद्यार्थी )
.jpeg)

.jpeg)
.jpeg)


Thank you for this information
ReplyDelete