के हो रुटस्टक र सायन ?
- कलमी विरुवा उत्पादन गर्न रुटस्टक र सायनको आवश्यकता पर्दछ । कलमी बिरुवा उत्पादन गर्दा प्रयोग गरिने जराको भागलाई रुटस्टक (मूलवृत्त) भनिन्छ भने बोट/हाँगा भइ फल दिने भागलाई सायन भनिन्छ । रुटस्टक रोग, कीरा नलाग्ने वा सहन सक्ने, सुख्खा/वाढी सहने, छिटो बढ्ने हुनु पर्दछ ।
- रुटस्टकका लागि त्यही फलफूलको जात वा स्थानीय जातको बीउ सङ्कलन गरी तयार गरिन्छ । स्याउका लागि जङ्गली क्रयाव् एप्पल र इडी मयल, ओखरका लागि जङ्गली हाडेओखर, सुन्तलाका लागि तीनपाते सुन्तला, आँपका लागि स्थानीय आँपको खोयाबाट रुटस्टक तयार गरिन्छ। करिव एक वर्ष पश्चात यी विजुवाट आएका बोट/रुटस्टक कलमीका लागि योग्य हुन्छन् ।
Fig. Rootstock and Scion
- सायन माउवोटवाट लिई कलमी गरिने र त्यही सायन पछि बोट भइ फल्ने हुनाले उक्त बोट स्वस्थ, बढी उत्पादन दिने, फल मिठो हुने, फलको आकार र रङ आकर्षक हुने गुण भएको बोट छान्नु पर्दछ । कलमी गर्न ज्ञान र सीप दुवै चाहिन्छ। फलफूलअनुसार कलमी विधि पनि फरक हुन्छ । जस्तै स्याउमा टंग ग्राफ्टिङ्ग गरिन्छ भने आँपमा इनारचिङ्ग विधि प्रचलित छ। त्यस्तै सुन्तलामा स्प्लाईस ग्राफ्टिङ्ग, अम्बा र लिचीमा गुटी विधिबाट विरुवा तयार गरिन्छ ।
- हरिचन्द्र सिंह
(कृषी स्नातक )

Very informative
ReplyDelete